प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिए

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शुक्रबार, साउन ३२, २०८१

विराटनगर / सुनसरी र माेरंगको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले बुधबार मोरङको पथरीशनिश्चरे नगरपालिका-६ भातेगैडा स्थित देख्ना साथ को २ ह १६१५ नम्वरको अटोमा लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित औषधी ट्रमाडोल १ हजार १ सय चक्की र डिकोलिक ६ हजार ६ सय चक्की फालेर चालक अटो सहित फरार भएको थियो ।

खोजतलाश गर्दै जाने क्रममा अटो चालक पथरीशनिश्चरे –४ का ३२ बर्षीय सिमन परियारलाई आफ्नै घरमा अटोलाई त्रिपालले छेपेर लुकाई राखेको अवस्थामा प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको थियो ।

त्यसैगरी प्रहरी चौकी डाँगीहाट मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साेही दिन बेलबारी नगरपालीका -१० भाउन्नेका २० बर्षीय अर्पण गौतमलाई प्रतिबन्धित औषधी ट्रामाडोल ३ सय ९० क्यापसुल र नाईट्राभ्याट १८ ट्याबलेट सहित नियन्त्रणमा लिएको थियो ।

जहदा गाउँपालिका-१ का २६ बर्षीय अमित मण्डललाई प्र १-०४-००१ प ९८०२ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध गाँजा ६ किलो सहित इलाका प्रहरी कार्यालय बुधनगरले नियन्त्रणमा लिएको थियो ।

लागु औषधको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-१६ सिर्जनसिल टोलबाट स्थानीय २८ बर्षीय महेन्द्र बन्जरालाई निजकै घरबाट लागुऔषध ब्राउनसुगर २ ग्राम १८० मिलिग्राम सहित साेही दिन नियन्त्रणमा लिईएको थियो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

यस समाचार क्राइम अप्रेशन अनलाइन पत्रिका बाट जस्ताको तेस्तै साभार गरीएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]