दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु

Logo
चन्दन रौनियार / सुनसरी प्रकाशित आइतबार, भाद्र ०२, २०८१

सुनसरी / सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ । दुहबीमा भदौं १०गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको अध्यक्ष पंकज हलुवाइले जानकारी दिएको हो । दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा प्रत्येक वर्ष मनाउदै आएको कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी राधा कृष्ण मन्दिर दुहबीका मूल समिती उपसमितिहरुले तयारीमा जुटेको हुन् ।

कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागी २ सय १ जनाको मूल समिती, १ सय १ जनाको सल्लाहकार समिति र ९ वटा उपसमितिहरु बनाएका छन् । महोत्सवमा बिभिन्न जातजातिहरुले झाँकी समेत प्रदर्शन गर्ने, दुहबी बजार देखी ८ किलोमिटर सम्म रथ यात्रा परिक्रमा गर्ने, एक लाख भन्दा बढीको भक्तजनहरुलाई रथयात्रामा सहभागी गराउने कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको सचिव ऋषि साहले बताएका छन् । सुनसरीको दुहबीमा लगातार वर्षदेखी भव्यक्ताका साथ मनाउदै आएको कृष्ण जन्माष्टमी मोहत्सव यस वर्ष पनि लाखौं भक्तजनहरुलाई रथयात्रा परिक्रमा सहभागी गराई महोत्सव सुसम्पन्न गर्ने बिश्वास पुजा मेला महोत्सव समितिले ब्यक्त गरें ।

कृष्ण जन्माष्टमी महोत्सव दुहबीमा ८लाख देखी ९ लाख सम्म खर्च हुने अनुमान आयोजकले गरेका छन् । महोत्सवको दिन रथयात्रामा लाखौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता हुने भएकोले सुरक्षा ब्यवस्था कडा गरीने भएकोले कसैलाई डराउनु नपर्ने अध्यक्ष हलुवाईले बताउदै निर्धक्क रथयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् ।

कृष्ण जन्माष्टी महोत्सवको कार्यक्रम भदौं १०/११ गते भजन किर्तन र प्रसाद वितरण, ११ गते बिहान जन्माष्टमी महोत्सव मोटरसाईकल ¥याली र दिउँसो श्री कृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजकले कार्यक्रम सार्वजनिक गरी बताएका छन् ।

पुजा तथा मेला महोत्सव समितिमा अध्यक्ष पंकज हलुवाई ,उपाध्यक्ष राकेश डागी ,सह-उपाध्यक्ष चन्दन बैठा, सचिव ऋषि साह ,सहसचिव राजा रौनियार कोषाध्यक्ष हरिनारायण ठाकुर, सहकोषाध्यक्ष रितिक रौनियार ,सदस्यहरु शम्भु हलुवाई,जीवन हलुवाई ,सुरज पासवान ,सजित मण्डल ,गगा हलुवाई ,राहुल झा,मनिष रौनियार ,मनोज रौनियार ,त्रिलोकी भगत, राकेश हलुवाई ,हेमनरायण यादब,सोनु अग्रहरी रहेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]