परिसंघ युवा उद्यमी मञ्च कोशीमा रिजाल

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित आइतबार, भाद्र ०२, २०८१

विराटनगर / नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च ( सिएनआइवाइइएफ ) कोशी अध्यक्षमा मुनन रिजाल निर्वाचित हुनु भएको छ । शनिबार विराटनगरमा सम्पन्न मञ्चको प्रथम साधारणसभाबाट रिजाल वर्ष २०२४ – २०२५ का लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

साधारण सभाबाट मञ्च कार्यसमितिको लर्निङ चेयरमा सुसन प्रधान , को-लर्निङ चेयरमा विशाल अग्रवाल , मेम्बरसिप चेयरमा शरद जोशी , को-मेम्बरसिप चेयर चेयरमा कुनाल साह निर्वाचित हुनुभएको थियो ।

त्यस्तै , स्टार्ट-अप चेयरमा रजत साहेवाला , फाइनान्स चेयरमा केशव राठी , मिडिया एण्ड कम्युनिकेसन चेयरमा अश्विनी गोल्छा र एक्जिक्युटिव चेयरमा सोनाम छिरिङ शेर्पा निर्वाचित हुनुभएको जानकारी नेपाल उद्योग परिसंघका महानिर्देशक विजयहरि शर्माले दिनु भयो ।

साधारण सभामा बोल्दै कोशी प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री रामबहादुर राना मगरले कोशी प्रदेशमा लगानी गर्नलाई थुप्रै क्षेत्र रहेको भन्दै गर्ने युवा उद्यमीहरूलाई प्रदेश भित्रै लगानी गर्न आग्रह गर्नु भएको थियो ।

मन्त्री मगरले प्रदेशको हिमाल देखी खोलानाला , धार्मिक स्थलहरूमा देशबाहिरका पर्यटकहरूलाई ल्याउन सके प्रदेश समृद्धिको बाटोमा हिड्ने बताउनु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे , परिसंघ कोशी अध्यक्ष पवन शारडा , वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडालगायतले निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]