विराटनगर महानगरपालिकाले सिटी सफारी दर्ता गराउन आह्वान

Logo
सरिता कर्मकार / विराटनगर प्रकाशित आइतबार, भाद्र ०२, २०८१

बिराटनगर / विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सिटी सफारीलाई अनिवार्य रूपमा दर्ता गराउनका लागि आह्वान गरेको छ। साउन ३० गते सोमबारदेखि सुरु भएको यस आह्वान अनुसार भदौ मसान्तभित्र सबै सिटी सफारी दर्ता गराउनुपर्ने छ।

महानगरभित्र करिब १० हजारभन्दा बढी सिटी सफारीहरू सञ्चालनमा छन्। तीमध्ये ३१,०० सफारी दर्ता गर्नुपर्ने माग गरिए तापनि अहिलेसम्म २००० सिटी सफारी मात्र दर्ता भएका छन्। बाँकी १,१०० सिटी सफारीहरू अझै दर्ता हुन बाँकी छ।

सिटी सफारीको अत्यधिक संख्याका कारण महानगरमा ट्राफिक जाम, दुर्घटना लगायतका समस्याहरू बढिरहेका छन्। यस समस्यालाई समाधान गर्नका लागि महानगरपालिकाले सिटी सफारी दर्तालाई प्राथमिकता दिएको हो।

महानगरभित्र स्थायी ठेगाना भएका सिटी चालकहरूले मात्र सिटी सफारी दर्ता गराउन पाउने छन् र दर्ता भएका सिटी सफारीहरूलाई महानगर क्षेत्रभित्र मात्र सञ्चालन गर्न अनुमति दिइनेछ। हाईवे क्षेत्रमा भने कुदाउन पाइने छैन।

महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार, दर्ता नगराइएका सिटी सफारीहरूलाई भदौ मसान्त पछि सञ्चालन गर्न दिइने छैन र महानगरले कडा निगरानी र कारबाही गर्नेछ। नगरपालिकाले सार्वजनिक सूचना जारी गरेपछि दर्ताको प्रक्रिया सुरु भएको जानकारी उनले दिएका छन्।

महानगरभित्रका सबै सिटी सफारीलाई नियम अनुसार दर्ता गराउन र निर्धारित समयमा आवश्यक कागजातहरू पेश गर्न सिटी सफारी सञ्चालकहरूलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]