क्रियशील पत्रकार साझा मोर्चातर्फवाट दवाव स्वरुप अध्यक्ष विपुल पोखरेल लाई ज्ञापनपत्र

Logo
चन्दन रौनियार /  सुनसरी प्रकाशित आइतबार, भाद्र ०२, २०८१

सुनसरी / क्रियशील पत्रकारहरूको साझा मोर्चाको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन गराउन दबाब दिँदै एक ज्ञापन पत्र बुझाएको छ ।

योगेन्द्रप्रताप शाहीको नेतृत्वमा गएको टोलीले पत्रकार महासंघका अध्यक्ष पोखरेललाई सो ज्ञापन पत्र बुझाएको हो ।साथै मोर्चाले पत्रकार महासंघले सुर्खेत साधारण सभादेखि हालसम्म भइआएका सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा सम्पन्न महाधिवेशनसम्बन्धी भएका निर्णयहरूको माइन्युट उतारको प्रतिलिपि पनि माग गरेको छ ।

महासंघबाट माग गरिएका विषयमा मोर्चाले प्रधानमन्त्री कार्यालय,गृहमन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सूचना आयोग र सूचनाको हक महासंघ समेतलाई बोद्धार्थ जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]