गढी गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाँटी काटेर हत्या

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित सोमबार, भाद्र ०३, २०८१

विराटनगर / सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाँटी काटेर हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

आज विहान गढी गाउँपालिका वडा नम्बर २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको घाँटी र सरिर फरक फरक ठाउँमा भेटीएको थियो । मृतकको घाँटी देखि मुनिको भाग एक ठाउँमा र टाउँको अर्को ठाउँमा भेटिएको प्रहरी अनुसन्धानले जनाएको छ ।

प्रहरीले सुरुमा घाँटीदेखिको मुनिको भाग मात्र भेटेको थियो । अनुसन्धान गर्दै जाँदा घाँटीदेखि मुनिको भाग भेटिएको स्थान देखि करिब ५० मिटर उत्तर पश्चिममा गढी वडा नम्बर २ गुजाइटोकीमा टाउँको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

ऋषिदेव रिङ बनाउने काम गर्थिए । रिङ बनाउने ठाउँमा शव भेटिएको हो । घटनास्थलमा अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए । ‘अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान भइरहेको छ । तालिम प्राप्त कुकुरलाई पनि ल्याएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]