सिंघीया खोलामा पौडी खेल्ने क्रममा १६ वर्षीय किशोरको डुबेर मृत्यु 

Logo
ग्रामीण पत्रिका/विराटनगर प्रकाशित मंगलबार, भाद्र ०४, २०८१

विराटनगर/मोरङ – कटहरी गाउँपालिका–१ जमटोका १६ वर्षीय नितेश सिंहको सिंघीया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। सोमबार बिहान करिब १०ः३० बजे पौडी खेल्ने क्रममा डुबेपछि उनी बेपत्ता भएका थिए।

 

बेपत्ता भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र नेपाली सेनाको टोलीले खोजी कार्य सुरु गरेको थियो। करिब तीन घण्टा पछि, दिउँसो १ः४० बजे, खोजी टोलीले सिंहको शव खोलाबाट बरामद गरेको थियो।

 

खोजी कार्यमा सिटी बैंक सिआरभी प्रहरी सहायक निरीक्षक, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक बिक्रम बहादुर भट्टराई, प्रहरी चौकी कटहरीका प्रहरी निरीक्षक, वडा प्रहरी कार्यालय हाटखोलाका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी बल जहदाबुट्टा र नेपाली सेना भैरव गण थलाहा तथा अन्य सुरक्षा कर्मीहरूको टोली संलग्न थियो।

 

शव बरामद गरेपछि कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको थियो। त्यसपछि परिवारले शव बुझेर अन्तिम संस्कारको लागि लगेका थिए। मोरङ प्रहरीले घटनाबारे जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]