“विराटनगरमा निःशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न, २०० भन्दा बढी जेष्ठ नागरिकहरूको सहभागिता”

Logo
ग्रामीण पत्रिका/ विराटनगर प्रकाशित मंगलबार, भाद्र ०४, २०८१

विराटनगर/ विराटनगर वडा नं. ११ स्थित जेष्ठ नागरिक वडा कार्यसमिति ध्यान केन्द्रले लायन्स क्लब अफ विराटनगरको सहकार्यमा निःशुल्क मधुमेह परीक्षण शिविरको आयोजना गरेको छ।

 

यस शिविरमा २०० भन्दा बढी जेष्ठ नागरिकहरूको सहभागिता रहेको थियो, जसमा उनीहरूको रगतमा चिनीको मात्रा जाँच गरिएको थियो। जेष्ठ नागरिकहरूको स्वास्थ्यप्रति विशेष चासो राख्दै आयोजित यो शिविरको उद्घाटन जेष्ठ नागरिक वडा कार्यसमिति ध्यान केन्द्रका अध्यक्ष अर्जुन कुमार भट्टराईले गरे। उनले मधुमेहको गम्भीरता र यसको समयमै उपचार नगरेमा आउने जटिलताहरूका बारेमा जानकारी दिँदै यस्ता शिविरहरूले जेष्ठ नागरिकहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन सहयोग पुर्याउने बताए।

 

शिविर विराटनगर-११ स्थित जेष्ठ नागरिक सेवा केन्द्रको भवनमा सम्पन्न भएको थियो। सहभागी जेष्ठ नागरिकहरूले यो महत्वपूर्ण पहलका लागि आयोजकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]