तनहुँको आँबुखैरेनी गाउँपालिकामा बस दुर्घटनामा २७ जनाको मृत्यू

Logo
ग्रामीण सहकर्मी / काठमाडौं प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

काठमाडौं / आज शुक्रबार बिहान तनहुँको आँबुखैरेनी गाउँपालिकामा बस दुर्घटनामा २७ जनाको मृत्यू भएको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको उत्त बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

उत्त दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ । भने उनीहरुको महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

पोखराबाट काठमाडौंका लागि छुटेको बसमा ४३ जना सवार यात्रिहरु थिए । भारतको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।

मृत्यु हुने शवहरु आँबुखैरेनी गाउँपालिकामा राखिएको छ । दुर्घटना र अवस्थाबारे भारतीय राजदूतावासमार्फत जानकारी गराइएको छ । भद्र महिनाको ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौं हिँडेको थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]