“ तोर सङे माया ” राजवंशी भाषामा आज उत्कृष्ठ म्यूजिक भिडियो

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शनिबार, भाद्र ०८, २०८१

कटहरी / “ तोर सङे माया ” राजवंशी भाषामा आज उत्कृष्ठ म्यूजिक भिडियो रिलिज हुनेभएको छ । आर आर म्यूजिक प्रोडक्शन युटूव चेनल बाट प्रशारण हुने भएको छ ।

आज मध्यान करिब ५ बजेर ४५ मिनेटमा सो म्यूजिक भिडियो रिलिज युटुव चेनल बाट प्रशारण गरीने भएको छ ।

यस भिडियोमा मुख्य कलाकार दिनेश राजवंशी र सुस्मीता पाण्डे रहेका छन । भने यस म्यूजिक भिडियो आकर्षक बनाउन मुलघाट, धनकुटा, भेजेटार लगायत ६० र ७२ विघामा रहेको तरराहा सुनसरी जील्लाको रमनीय स्थालमा भिडियो सुट गरीएको कलाकार दिनेश राजवंशीले जानकारी गराएका छन् ।

यस गानाको आवाज राष्ट्रिय गायक / गायिका बलबहादुर राजवंशी र अनु चौधरीको मिठो स्वर रहेको छ । यस गानामा सागर साह ( गुरु ) र निर्देशक कार्तिक राजवंशी लगायत अन्य सहयोगीहरु अनिल राजवंशी, सत्यनारायण राजवंशी, रमेश राजवंशी, सुनकुमार राजवंशी, अशोक राजवंशी, मिथुन राजवंशी लगायत अन्य कलाकारहरु रहेका छन ।

झापा, मोरङ सुनसरी जिल्लामा राजवंशी जातिका विभिन्न समयमा धेरै राजवंशी म्यूजिक भिडियो तथा फिल्महरुको उत्पादन भएको थियो तर हालको तत्कालिन अवस्थामा यस विषयमा र्चचा र बहस कमै सुन र देखन सकिन्छन् । यस विषयमा राजवंशी समाज र राजवंशी जातिय संघ, संस्थाहरु छलफल गर्न एकदमै जरुरी देखिन्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]