

झापा / झापाको गौरीगञ्ज गाउँपालिकामा एक बृद्धको कुहिएको शव फेला परेको छ । गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ कृपाल टोलका राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका ७० वर्षीय दयानन्द सरवरिया मण्डलको कुहिएको शव फेला परेको हो ।
घरको पूर्वपट्टि कदमको रुख तल ट्युवेलमा मण्डलको मृत अवस्थामा फेला परेका हुन् । उनको शव किरा लागेर दुरगन्धित अवस्थामा गन्हाउने देखेर स्थानीयले आज बिहान ८ः४५ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जमा खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाह ,वडा नं.३ का अध्यक्ष श्रवण गिरी, स्थानीय जनप्रतिनिधिको रोहबरमा शवलाई मुचुल्का प्रकिया पुरा गरी पोस्टमार्टमका लागि दमक तर्फ लाने तयारी भइरहेको जनाइएको छ ।
४ देखि ५ दिन अगाडी मण्डलको मृत्यु भएको हुनसक्ने शवको स्थितिबाट देखिएको छ । मण्डल दिनहुँ रक्सी खाएर हिड्ने गरेको स्थानीयले बताएका छन् ।