बिराट टिचीङ अस्पतालमा डाक्टरको लापर्बाहीले सुत्केरी महिलाको ज्यान गएको आफन्तको दाबी

Logo
ग्रामीण सहकर्मी / दुहबी प्रकाशित शनिबार, भाद्र ०८, २०८१

मोरङ । सुनसरीको दुहबी १० माईती तथा भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. २ घर भएकी समाना (भुली) खातुन सुत्केरी महिलाको शुक्रबार उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा डाक्टरको लापर्बाहीले मृत्यु भएको आफ्न्तले दाबी गरेका थिए ।

मृतक महिला लाई नरमल तथा भ्याकम द्वारा सुत्केरी गराउनु पर्ने चिकित्सकको मनसायले अभिभावक सँग सहमती नलिकन डाक्टरले आफू खुशी शल्यक्रिया नगरी मेसिनको प्रयोग गरेर बच्चा निकालल्दा सो प्रक्रियामा आमा लाई अत्याधिक रक्त श्राप पछि मृत्यु भएको मृतकका श्रीमान खुर्सिद अंसारीले बताए । जन्मेको शिशु ४ केजि भन्दा बढि भएकोले हावाको प्रेसरबाट बच्चा तान्ने मेसिन भ्याक्म प्रयोग नगरी शल्यक्रियाको माध्यम बाट सुत्केरी गराएकोभए आमा र बच्चा दुबै सुरक्षित रहन सकिन्थ्यो भन्दै पिडित पक्षले बताए ।

मृतक महिलाका श्रीमान अंसारीका अनुसार अस्पताका डाक्टर देखि कर्मचारी सम्मको धेरै लापरबाही रहेको भन्दै मृतक श्रीमतीको २२ बर्ष उमेर हुनुपर्नेमा कुनै रिपोर्टमा २० , कुनैमा २२ कुनैमा ५६ बर्ष लेखेको भेटाईयो ।

शुक्रबार सुत्केरीको मृत्यु भए पछि मृतकका आफन्तहरूले अस्पतालको मुल गेटमा ताला बन्दि गरी विरोध प्रदर्शन गरेका थिए ।

उता मृतकका आमा दरुदन खातुनका अनुसार भर्ना गर्नु ३ दिन अगाडी अस्पतालका डाक्टरले सुत्केरी हुन अझ १२ देखि १३ दिन बांकी रहेकोले घर जान सल्लाह दिदा भोलिपल्टै बिहिवार मृतक छोरीको स्वास्थ्यमा समस्या देखिन थाले पछि पुन अस्पताल भर्ना गर्दा सहमिति बिना डाक्टरले हतार हतार गरी आफुखुसी मेसिन प्रयोग गरी सुत्केरी गराउदा छोरीको ज्यान गएको बताउदै छोरीको मृत्यु हुनु अगाडी पटक पटक डाक्टर बोलाई दिनु भन्दा समेत अस्पताका डिपार्ट कर्मचारी बाट बेवास्ता गरेको कारण छोरीको ज्यान गुमाउन पुगिन् ।

उता मृतक महिलाको उपचारमा खटिएका स्त्रीरोग विशेषज्ञय डाक्टर स्वेता साहका अनुसार सुत्केरी महिलालाई अस्पतालमा ल्याईएको र आफ्नो निगरानीमा भ्याकम्प बाट नर्मल डेलिभरी गराइएको तर अचानक मुटु र नसाहरुको रक्तश्राप बन्द भएको कारण सुत्केरी आमा लाई बचाउन नसकिएको बतान् ।
अस्पतालमा आफन्तले डाक्टरको लापरबाहीले सुत्केरी समाना खातुनको मृत्यु भएको भन्दै नाराबाजी गरेपछि अस्पतालमा प्रहरीको बाक्लो उपस्थिती गराईको थियो ।

शुक्रबार बेलुका देखि पटक पटक सहमतिको प्रयास पछि शनिवार पिडित परिवार र अस्पताल बीच छलफलमा अस्पताल पक्षबाट सुनिल देव , दुहबी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मेहदि हुसेन भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हारुन अंसारी दुहबीका बुद्धि जिवि समाज सेवि विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा भएको छलफलपछि पीडित परिवारले समाना (भुली) खातुनको शव बुझेका थिए ।

पीडित परिवार र अस्पताल प्रशासनबीच भएको सहमतीमा मृतक सुत्केरी महिलामा लागेको सम्पुर्ण उपचार खर्च तथा नवजात शिशुमा लाग्ने सम्पुर्ण उपचार खर्च अस्पतालले मिनाह गरीएको छ । त्यसैगरी नव जात शिशुको आजिवन निशुल्क उपाचार अस्पतालले गर्ने भनि दुवै पक्ष विच सहमती भएको छ ।

यस समाचार काेचिला एफ एम बाट साभार गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]