विराटनगरमा खुल्याे ट्रेन्डिङ लुगाकाे पहिलाे स्टाेर: ड्रेस रुम

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित आइतबार, भाद्र ०९, २०८१

विराटनगर / ट्रेन्डिङ लुगालाई बजारमा सबैभन्दा छिटै उतार्ने गरी विराटनगरमा ड्रर रुम रेडीमेड लुगा पसल खुलेकाे छ । विराटनगरकाे कलेजराेडमा औपचारिक रुपमा शनिवारबाट ड्रेस रुम खुलेको हो । शिक्षादीप कलेज अगाडी रहेको ड्रेस रुम आउटलेटमा रु ५०० देखीनै छानीछानी ट्रेन्डिङ लुगाहरु पाइने प्रोपाइटर रेजी शाहीले गराएकी छिन् ।

द अल्टीमेट फेशन एक्सपिरियन्स स्लोगनसहितको यो पसलमा पूर्णतः लेडिज वेयर उपलब्ध छ । साथै यस स्टाेरमा लेडिज वेयरका लेटेष्ट आइटम अनिवार्य रुपमा पाइने हुँदा पनि यो पसल अरुभन्दा भिन्नै अनि खास छ । उमेर समूहकै कुरा गर्दा १६ देखी ४० आसपासका सम्पूर्ण महिलाहरुका लागि यहाँ रोजेको खोजेको लुगाहरु समेत पाइने गरेको कुरा संचालिका शाहीले बताइन् ।

बजारमा चलेको मूल्यभन्दा सस्तो , राम्रो अनि टिकाउ भरपर्दोको लागि ड्रेस रुमनै सवैभन्दा उत्तम रहेको संचालिका शाहीेले जानकारी गराइन् । ड्रेस रुम नजिकमा विराटनगरका चल्तीका कलेजहरु ,शिक्षा दीप , सगरमाथा , अरनिको , कान्तिपुर , ग्रीनल्याण्ड लगायतका भएकै कारण पनि यस ड्रेस रुममा टिनएज ग्रुपका विद्यार्थीहरुको राम्रै भीडभाड रहने देखिन्छ ।

साथै तीज लगायत ठूला ठूला चाडवाड नजिकिएसँगै पसलको चहलपहलमा निकैनै तीव्रता आउनेमा संचालिकाको विश्वास छ । यसका अलावा ड्रेस रुमकी प्रो. रेजी विगतदेखीनै इ कमर्शमार्फत मार्केटिङ गरिरहेको अनुभव सँगै , इन्स्ट्राग्राम , टिकटकमा राम्रो फलोअर भएको लगायतका कारणले गर्दापनि यस पसलले विराटनगरमा राम्रै स्पेश लिने देखिन्छ ।
You sent

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]