विराटनगरमा रथयात्राको दिन शिरडी साई बाबाको झाँकी निकालिने

Logo
ग्रामीण पत्रिका/विराटनगर प्रकाशित आइतबार, भाद्र ०९, २०८१

विराटनगर/आगामी राधाकृष्ण रथयात्राको अवसरमा विराटनगरमा पहिलो पटक शिरडी साई बाबाको अलौकिक झाँकी निकालिने भएको छ। यो ऐतिहासिक रथयात्राको दिन, शिरडी साई परिवारको आयोजनामा विराटनगरमा यो विशेष झाँकी प्रदर्शन गरिने छ।

शिरडी साई बाबाका भक्तहरूको सहभागितामा निकालिने यो झाँकीले साई बाबाको सन्देश र उहाँप्रतिको श्रद्धा झल्काउनेछ। आयोजकले सबै साई प्रेमी र रथयात्राका धर्मावलम्बीहरुलाई झाँकीमा सहभागी हुन आग्रह गरेका छन्।

झाँकीमा शिरडी साई शहरको झल्को दिने गरी स्थानीय साई प्रेमीहरूले विशेष श्रृङ्गार प्रस्तुत गर्नेछन्। यो पहिलो पटक विराटनगरमा यस्तो झाँकी निकालिन लागेकाले यसले विशेष आकर्षण र महत्व प्राप्त गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको र झाँकीले धार्मिक तथा सांस्कृतिक सद्भावना प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]