नेपाल अग्रवाल युवा मञ्च विराटनगरको नवनिर्वाचित अध्यक्ष चेतन अग्रवालको पदस्थापन सम्पन्न

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, भाद्र ०९, २०८१

विराटनगर/ नेपाल अग्रवाल युवा मञ्च विराटनगरका नवनिर्वाचित अध्यक्ष चेतन अग्रवालको शनिबार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।

भाद्र १ गते सम्पन्न १९औं साधारण सभाले चेतन अग्रवाललाई २०८१/०८२ का लागि निर्विरोध अध्यक्षमा निर्वाचित गरेको थियो। शनिबारको पदस्थापन समारोहमा अध्यक्ष चेतन अग्रवालले आफ्नो कार्यकालका लागि रवि अग्रवाललाई उपाध्यक्ष, अंकुर कनोडियालाई महासचिव, सुजल अग्रवाल र गगन तोदीलाई सचिव, अग्रवाललाई कोषाध्यक्ष र नमन चिरनियालाई सहकोषाध्यक्षमा मनोनयन गरे।

साथै, आदित्य अग्रवाल, आकाश अग्रवाल, आयुष अग्रवाल, अजय अग्रवाल, अनिकेत खेतान, विवेक केडिया, सीए दिवाकर अग्रवाल, चिराग अग्रवाल, दीपक खेतान, डा. ललित अग्रवाल, डा. मनिष अग्रवाल, डा. शुभम अग्रवाल, हर्ष तोदी, हिमांसु अग्रवाल, हर्कित अग्रवाल, इसान अग्रवाल, जयस अग्रवाल, जितेन्द्र अग्रवाल, मोहित मंगला, निशान अग्रवाल, नितिन खेतान, पियूष अग्रवाल, पियूष कन्दोई, प्रमोद वंशल र प्रतिक गोयललाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको छ।

कार्यक्रममा श्रवण अग्रवाल, राजेश बगडिया, सीए अश्विनी बंशल, अभिषेक केडिया, राजेश ग्रवाल, प्रमोद जिन्दल, कुमोद गोयल, हेमन्त अग्रवाल, घनश्याम सराफ, विनोद अग्रवाल, अरुण तोदी र अमित सिंगललाई सल्लाहकारका रूपमा मनोनयन गरिएको छ। रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले नवनिर्वाचित पदाधिकारी, सदस्य, र सल्लाहकारहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा नेपाल अग्रवाल सभा विराटनगरका पूर्व अध्यक्ष देवकिनन्दन अग्रवाल, साहित्यकार लक्ष्मण नेवटिया, नेपाल अग्रवाल युवा मञ्च विराटनगरका निवर्तमान अध्यक्ष मनिष अग्रवाल, पूर्व अध्यक्ष अभिषेक केडिया, हेमन्त अग्रवाल, र नेपाल अग्रवाल महिला मञ्च विराटनगरकी अध्यक्ष उमा चौधरीले नवनिर्वाचित पदाधिकारीहरूलाई सफलताको शुभकामना व्यक्त गरे।

यस अवसरमा समाजलाई योगदान पुर्‍याउने सामाजिक व्यक्तित्व प्रेमसुख स्वर्णकारलाई नगद ११ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको छ। रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, नेपाल अग्रवाल युवा मञ्च विराटनगरका नवनिर्वाचित अध्यक्ष चेतन अग्रवाल, महासचिव अंकुर कनोडिया र निवर्तमान अध्यक्ष मनिष अग्रवालले सम्मानपत्र प्रदान गरे।

कार्यक्रमका प्रमुख अतिथि मेयर दिलिप बगडियाले विराटनगरमा करिब ५ हजारभन्दा बढी अग्रवाल समुदायका व्यक्ति बसोवास गरिरहेको बताउँदै उनीहरूको लागि आफ्नै कार्यालय भवन निर्माणमा सक्दो सहयोग गर्ने घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]