इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको २ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित आइतबार, भाद्र ०९, २०८१

विराटनगर / इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको २ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका-१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका-१ का २० बर्षीय मो.सर्फराज इराकी, राजविराज नगरपालिका-२ का २४ बर्षीय लालु भन्‍ने मो.रहमान, राजविराज नगरपालिका -२ का अरविन यादव, सिराहा जिल्ला घर भई हाल बिराटनगरमा डेरा गरी बस्ने ऋतिक यादव र सुरज साह रहेका छन् ।

भाद्र ३ गते धरान उप-महानगरपालिका-१७ रेल्वे चोकबाट मोटरसाईकलको चोरी भएको जानकारी पाएपछी खोजतलाशमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १-०२-०४४ प.५९४२ नं.को केटीएम डुक र बा.१४.च. ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल र मोटरसाईकल चोरी गर्न प्रयोग गरीएको बा १४ च ८०२६ नम्बरको स्कारपियो गाडी सहित निजहरुलाई पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]