सुनसरी जिल्लामा ३३६ केजी गाजा बरामद

Logo
ग्रामीण सहकर्मी / सुनसरी प्रकाशित बुधबार, भाद्र १२, २०८१

सुनसरी / सुनसरी जिल्लाको कोशी गाउँपालिका क्षेत्रबाट सोमबार मध्यरात नेपाल प्रहरीले ३३६ केजी गाजा बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार, तिनकुने नाकाबाट ज्च् द्दट द्य ण्ढढण्द्ध नम्बरको भारतीय स्कार्पियो गाडीमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा गाडी रोकी चेकजाँच गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, विशेष सूचनाको आधारमा भण्टाबारीको सीमावर्ती क्षेत्रबाट गाजा तस्करीको प्रयास विफल पारिएको हो । प्रहरी टोलीले चेकजाँच गरिरहेको बेला गाडीका चालक भने घटनास्थलबाट भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाडीको भित्री जाँच गर्दा, कालो, सेतो र हरियो प्लास्टिकले बेरिएको १० बोरा लागू औषध गाजा फेला परेको हो । बरामद गाजा र स्कार्पियो गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

स्रोतका अनुसार, पछिल्लो समयमा सुनसरी जिल्लामा गाजा तस्करीको गतिविधि बढ्दै गएको छ। विशेष गरी, पहाडी जिल्लाबाट ल्याइएको गाजा सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा भारततर्फ तस्करी हुने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]