झापामा चट्याङले लागेर मंलवार तीन जनाको मृत्यु

Logo
ग्रामीण पत्रिका /झापा प्रकाशित मंगलबार, आषाढ ११, २०८१

झापामा चट्याङले लागेर मंलवार तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापाको कमल गाउँपालिका, झापा गाउँपालिका र गौरीगंज गाउँपालिकामा एक-एक जना गरी आज एकै दिन तीन जनाको मृत्यु भएको हो ।

गौरादह नगरपालिका वार्ड नं. ८ का ४२ वर्षीय लीला भन्ने विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान पौने ९ बजेको समयमा गौरीगंज ३ स्थित तेलगानीमा सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा उनीमाथि चट्याङ परेको थियो ।

आजै बिहान कमल गाउँपालिका २ स्थित समाईगढमा ४६ वर्षीय राजन खड्काको पनि चट्याङ लागेर मृत्यु भएको छ। खड्कालाई बिहान ७ बजे चट्याङले लागेर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

त्यस्तै झापा गाउँपालिका वडा नं ४ दोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो । आज बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन् ।

यस समाचार काेचिला न्यूज अनलाइन पत्रिका वाट जस्ताकाे तेस्तै साभार गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]