विराटनगर महानगरद्वारा स्वास्थ्य संस्थाहरूको अनुगमन तीव्र, उपमेयरको नेतृत्वमा टोली सक्रिय

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बुधबार, भाद्र १२, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ। जनस्तरबाट स्वास्थ्य सेवामा सुधारको माग बढ्दै गएपछि महानगरले अनुगमन प्रक्रिया सक्रिय बनाएको हो।

महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बुधबार विराटनगरका विभिन्न अस्पतालहरूको अनुगमन गरिएको छ। अनुगमन टोलीमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, कोशी अस्पतालका प्रतिनिधि रामनारायण यादव, स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्की, र उपमेयरका स्वकीय सचिव निश्चल मायालु लगायतका व्यक्तिहरू सामेल थिए।

अनुगमनको क्रममा टोलीले सिटी अस्पतालको सेवा सुविधाहरूको निरीक्षण गरेको थियो। टोलीले अस्पतालमा भर्ना भएका बिरामीहरूसँग सेवा सुविधाका विषयमा प्रत्यक्ष सोधपुछ गरेको थियो र अस्पतालमा सुधार गर्नुपर्ने पक्षहरूलाई निर्देशन दिएको थियो।

स्वास्थ्य महाशाखाका संयोजक यादवका अनुसार अनुगमन टोलीले अस्पतालमा सरसफाई, ल्याब व्यवस्थापन, एक्स–रे सेवाको गुणस्तर, र स्टोर व्यवस्थापनजस्ता पक्षहरूको पनि समीक्षा गरी आवश्यक सुझावहरू दिएको छ।

उपमेयर कार्कीले जनताको स्वास्थ्यमाथि खेलवाड भइरहेको जनगुनासोलाई मध्यनजर गर्दै अनुगमनलाई तीव्रता दिएको बताउनुभयो। उहाँले स्वास्थ्य संस्था र अस्पतालहरूको अनुगमनलाई थप व्यापक बनाउँदै लगिने र स्वास्थ्य क्षेत्रप्रति महानगर गम्भीर रहेको बताउनुभयो। साथै, उहाँले अस्पतालहरूलाई दर्ता नगरी सञ्चालन नगर्न, समयमै नवीकरण गर्न, र तोकिएका मापदण्डहरूको पालना गर्न आग्रह गर्नुभयो।

विराटनगर महानगरपालिकाले यस अनुगमन मार्फत स्वास्थ्य सेवामा सुधार गर्ने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]