महिला राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुने कोशी महिला टोलीको विदाई

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बुधबार, भाद्र १२, २०८१

विराटनगर / कोशी प्रदेश फुटबल संघले काठमाडौँमा भदौ १६ गते देखि हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशको महिला टोलीलाई विदाई गरेको छ । आज संघले विराटनगर स्थित कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मत कार्कीको उपस्थितिमा टोलीलाई विदाई गरेको हो।

मुख्यमन्त्री कार्कीले टोलीलाई विदाई गर्दै लिगमा कोशी प्रदेश महिला टोलीले प्रथम स्थान हासिल गर्दै प्रतियोगिता जितेमा प्रदेश सरकारको तर्फ बाट थोरैमा पनि जनही १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्दता व्यक्त भएको थियो। मुख्यमन्त्री कार्कीले खेलाडीहरुले आर्थिक लगायत भविष्यमा चिन्तारहित किसिमले खेलक्षेत्रमा लाग्ने अवसर निर्माण गर्न कोशी प्रदेश सरकार लागिपर्ने बताउनु भएको थियो।

विदाई कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले खेल क्षेत्रले कोशी प्रदेशको नाम उच्च राख्ने कुरामा दुईमत नभएको बताउनु भएको थियो। मन्त्री राईले खेलाडीहरुलाई कोशी प्रदेश सरकार र खेलकुद विकास बोर्डले सम्भव भए सम्मको सहयोग गर्ने प्रष्ट पार्नु भएको थियो।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले खेलकुद विकास बोर्ड र प्रदेश सरकार खेलाडीलाई खेल क्षेत्रबाटै जीवन निर्वाह गर्न सक्ने माहोल निर्माण गर्न लागि परेको बताउनु भएको थियो। बस्नेतले बोर्डले असारमा केन्द्रीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा अन्तर प्रदेश खेलकुद प्रतियोगितामा पदक विजेता २०० बढी खेलाडी र प्रशिक्षकलाई नगद सहित सम्मान गरेको स्मरण गर्दै आगामी दिनमा समेत कोशी प्रदेशको नाम उच्च राख्ने खेलाडीलाई सम्मान गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको थियो।

संघले सुर्खेतमा बैशाख ६ देखि १५ गते सम्म सम्पन्न राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा प्रथम स्थान हात पारेर अन्तिम चरणको लिगमा सहभागी हुने टोलीको २५ जना खेलाडी , ३ जना प्रशिक्षक तथा २ जना अफिसियललाई विदाई गरेको संघका अध्यक्ष किशोर राईले जानकारी दिनु भयो । राईका अनुसार खेलाडी र प्रशिक्षकलाई संघले खेलमा आवश्यक पर्ने जर्सी , जुत्ता , झोला लगायत सामग्री समेत उपलब्ध गराएको थियो।

काठमाडौँमा हुने राष्ट्रिय महिला लिग प्रतियोगितामा कोशी प्रदेश सँगै नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाल आर्मीको तीन विभागीय टोली , संकटा क्लब , चंद्रपुर नगरपालिका , बागमती नगरपालिका , वालिङ क्लब र कर्णाली र सुदूर पश्चिम गरेर १० वटा टोलीको प्रतिष्पर्दा हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]