रक्तदान जीवनदान: मानवसेवा आश्रमको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, भाद्र १२, २०८१

विराटनगर/मानवसेवा आश्रम विराटनगर शाखाले आफ्नो १२ औं वार्षिकोत्सव र ५ औं स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। “रक्तदान जीवनदान” भन्ने नाराका साथ सम्पन्न हुने यस कार्यक्रममा रक्तदान गरेर पुण्य आर्जन गर्न सबैलाई आह्वान गरिएको छ।

कार्यक्रम २०८१ भाद्र १३ गते बिहिवार बिहान ८ बजे देखि ११ बजे सम्म विराटनगर १०, तिनटोलीया स्थित मानवसेवा आश्रमको प्राङ्गणमा सम्पन्न हुनेछ। रक्तदान मानव सेवा र परोपकारको महत्वपूर्ण पक्ष भएकोले यस कार्यक्रममा सहभागी भई मानवीय कर्तव्य पूरा गर्न आग्रह गरिएको छ।

सहभागीहरूले आफ्नो अमूल्य रगत दिएर अरूको जीवन बचाउन सक्नेछन्। यो कार्यक्रमले समाजमा रक्तदानको महत्त्वलाई जागरूक गराउँदै, सामाजिक सेवा र सहायताको भावना पनि प्रवर्द्धन गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]