विराटनगरमा ज्येष्ठ नागरिक सेवा समाजद्वारा तीजका अवसरमा विविध कार्यक्रम सम्पन्न

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, भाद्र १३, २०८१

विराटनगर/ज्येष्ठ नागरिक सेवा समाज, केन्द्रीय कार्यालय विराटनगरले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ज्येष्ठ आमाहरुलाई विशेष दर खुवाउनुका साथै तीजका गीतमा नाचगानसमेत गरिएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीजलाई सभ्य र मर्यादित रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले पछिल्लो समय तीज पर्व भड्किलो र खर्चिलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै चाडपर्व मनाउँदा मौलिक संस्कृतिलाई बिर्सन नहुने कुरामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

 

कार्यक्रमको अध्यक्षता आयोजक संस्थाकी उपाध्यक्ष मिलन कार्कीले गर्नुभयो। कार्यक्रममा गैरसरकारी संस्था महासंघकी अध्यक्ष विष्णु शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना जोशी, वडा नम्बर ११ का वडा सदस्य गायत्री थापा, गेहना पासवान, समाजसेवी तारा शर्मा, ज्येष्ठ नागरिक सेवा समाजका सल्लाहकार गायत्री अज्र्याल र पिङ्गला भट्टराईलगायतले शुभकामना व्यक्त गर्नुभयो।

 

कार्यक्रम सञ्चालनसँगै उद्देश्यमाथि सचिव करुणा जोशीले प्रकाश पार्नुभयो। यस अवसरमा उपस्थित सहभागीहरूले तीजको महत्त्व र यसको संस्कृतिक पक्षको संरक्षणमा जोड दिनु आवश्यक रहेको कुरा राखे। कार्यक्रमले तीजको सांस्कृतिक र सामाजिक पक्षलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]