जहदा गाउँपालिकामा स्वास्थ्य सेवामा सुधारका लागि महत्त्वपूर्ण पहल

Logo
सरिता कर्मकार प्रकाशित बिहिबार, भाद्र १३, २०८१

विराटनगर/जहदा गाउँपालिकाले स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउन विभिन्न पाइलाहरू चल्दै आएको छ । गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य लगानी भइरहेको छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा क्रमशः १ करोड १० लाख र ९० लाख रुपैयाँ तथा केन्द्र सरकारबाट ३ करोड ७५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ।

 

स्वास्थ्य शाखा प्रमुख राजकुमार दास को अनुसार गाउँपालिकामा हाल एकमात्र बर्थिङ सेन्टर रहेको हुँदा गर्भवती महिलाहरूले सेवामा कठिनाइ भोगिरहेका छन्। यस समस्या समाधानका लागि अर्को बर्थिङ सेन्टर सञ्चालन गर्ने योजना अघि बढाइएको छ। यसले गर्भवती महिलाहरूलाई सुरक्षित मातृत्व सेवाको पहुँच बढाउने अपेक्षा गरिएको छ।

 

बर्खायाममा डेङ्गुजस्ता सरुवा रोग फैलिने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य संस्था, प्रहरी, स्वास्थ्यकर्मी र वडा अध्यक्षहरूलाई सतर्क रहन प्रशिक्षण दिइएको छ। महामारीको सम्भावित जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले विपद् व्यवस्थापन समिति गठन गरेको छ।

 

गाउँपालिकाले घरदैलो स्वास्थ्य शिविर अभियान सञ्चालन गरी स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको छ। बढ्दो जनसंख्या र भौगोलिक अवस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधारलाई थप सुदृढ बनाउने गाउँपालिकाको लक्ष्य छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]