कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, भाद्र १३, २०८१

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गर्नुभएको छ। प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको यो परियोजनाको पहिलो चरणको काम तीव्र गतिमा भइरहेको छ।

कोशी व्यारेजको पूर्वपट्टी पुर्वपश्चिम राजमार्गमा अवस्थित यस परियोजना २२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। सेन्टरमा १७५ वटा बस पार्क गर्ने क्षमताको पार्किङ स्थल, पेट्रोल पम्प, चालकहरूका लागि विश्रामस्थल, स्वीमिंग पुल, प्रहरी चौकी, स्वास्थ्य चौकी, रेस्टुरेन्टलगायतका संरचना निर्माणाधीन छन्। मुख्यमन्त्री कार्कीले पहिलो चरणको काम चाँडै सम्पन्न हुने जानकारी दिनुहुँदै, स्थानीयको सहयोगले परियोजनाको काम सहज रूपमा भइरहेको बताउनुभयो। उहाँले चैत महिनाभित्र पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको र दोस्रो चरणमा पनि स्थानीयको सहयोग आवश्यक हुने कुरामा जोड दिनुभयो।

मुख्यमन्त्री कार्कीले परियोजना तीन वर्षभित्रै पुरा हुने विश्वास व्यक्त गर्दै, पहिलो चरणका काम सम्पन्न गर्न ५७ करोड ९८ लाख लागत अनुमान गरिएको भए पनि ३० करोड ४३ लाखमा सम्झौता भएको जानकारी दिनुभयो। परियोजना सम्पन्न गर्न कुल २ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

अनुगमनका क्रममा कोशी प्रदेशका पूर्वमन्त्री जगदिशप्रसाद कुसियैतले परियोजनाका प्रगति र स्थानीयका समस्याहरूका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराउनुभयो। अनुगमन टोलीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा, सचिव अशोक साह र सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी हुनुहुन्थ्यो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]