दुहबीका तीन राजनीतिकदलले मेयरलाई सामुहिक बुझाए ज्ञापनपत्र

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित बिहिबार, भाद्र १३, २०८१

दुहबी / सुनसरीको दुहबी नगरपालिका स्थित निर्माणाधिन रंगशालाको पुरानो भवनको कवाडी सामग्री जनप्रतिनिधिलेनै बेचेको आरोप लागेको छ ।

सार्वजनिक सम्पतीको रुपमा रहेको पुरानो भवनबाट निस्किएको फलामजन्य कवडा सामानहरु दुहबी नगरपालिकाको ४ नं. वडाका वडाअध्यक्ष मुस्तकिम मियाले बेचेको आरोप लागेको हो ।  स्थानिय सरकार अन्तर्गत रहने दुहबी रंगशालामा अहिले नयाँ प्याराफिट निर्माणको कामको ठेक्का लगाइएको थियो ।तर पुरानो प्याराफिट भत्काउदा निस्किएको कवाडी, टिन र काठ लगायतका सामानहरु वडाध्यक्ष मियाले कसैलाई जानकारी नदिइ बेचेर पैसा खाएको स्थानिहरुको आरोप छ । प्रकृया अनुसार उक्त कवाडी लिलामी ठेक्का लगाएर बेच्ने प्राबधान छ । तर वडाध्यक्षले झण्डै १० लाख रुपैया मुल्य बराबरको उक्त कवाडी बेचेको बताइएको छ । शुक्रबार नगरपालिकाकै सबारी साधनबाट उठाएर उक्त कवाडी वडाध्यक्षले लगेर बेचेको आरोप छ ।स्थानियले कवाडी बेचेको बिषयमा आइतबार नगरपालिकाका मेयर र प्रशासकिय अधिकृतसँग जवाफ मागेका थिए । स्थानियहरु भेला भएर वडाध्यक्ष मियाले कुन उदेश्यले कवाडी बेचेको बिषयमा प्रश्न उठाएका थिए ।
कवाडी बेचेको आरोप लागेका वडाध्यक्ष मियाले भने रगंशालाबाट उठाएको कवाडी राजस्व संकलनको लागि बबेचेको दाबी गनुृभयो । तर कवाडी कहाँ लगियो, कति रकममा बेचियो र राजश्व रकम कहा जम्मा भयो भन्ने प्रश्नमा मियाले जवाफ दिन सक्नु भएको थिएन ।

स्थानियहरुका अनुसार वडाध्यक्ष मियाले उक्त कवाडी व्यक्तिगत प्रयोजनको लागि लगेको वा बेचेको आरोप लगाएका थिए । मिया अध्यक्ष रहेको वडामा नै रगंशाला अवस्थित रहेको छ  । मिडियामा समाचार अाए देखि दुहबी राजनीतिक दल हरु चासो बढाएको थियोे । अाज दुहबी नगरपालिका मेयर बेदनारायण गच्छदार सामुहिक रुपमा दुहबी तीन प्रतिपक्षदलका तर्फबाट दबाबमूलक प्रक्रिया बाट कार्वाही होस भनी नेकपा एमाले दुहबी नगरकमिटी ,जसपा नेपाल दुहबी नगरकमिटी र राप्रपा दुहबी नगरकमिटी अध्यक्षहरु संयुक्तरूपमा मेयर लाई ज्ञापनपत्र बुझाउदै सरोकारवाला हरु सग यसबिषयमा छलफल समेत गरेका छन दुहबीका मेयर बेदनारायण गच्छदारले भोलि शुक्रबार छानबिन टोलि गठन गरने बताए जसमा दुहबी तीन प्रतिपक्षीदल नेकपा एमाले ,जसपा नेपाल र राप्रपा  र सरोकारवालाहरु समेत छानबिन टोलिका सदस्य रहने गच्छदारले सामुहिक छलफलकर्मा बताएका छन ।

यश बिषयमा अारोप लागेका दुहबी नगरपालिका वडा न.४ का अध्यक्ष मुस्तकिम मियाले अब बन्ने छानबिन टोलि जे निर्णय गर्छ तेहि समाजिक कानुन अन्तरगत रहने निर्णय मान्ने बताएका छ यश बिषयमा आफू निर्दोष छु हो  कानुन प्रक्रियागलत हुन सक्छ तर बदनियत गलत र निजि फाइदाजनक काम नगरेको बताए । काम गर्दै जादा सब सग गलत हुनछ कति कुराहरु कानुनी सम्बनध गरनु हुनछ कुने समाजिक भावना अनुसार हुने गरेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]