मेरिल्याण्ड कलेजमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, एलिसा र मेनुकादेवी प्रथम

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, भाद्र १४, २०८१

विराटनगर/विराटनगरस्थित मेरिल्याण्ड कलेजले ‘युवाहरु विदेश पलायन: रहर कि बाध्यता’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। नेपाली र अंग्रेजी भाषामा आयोजित यस प्रतियोगितामा ४२ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

नेपाली भाषातर्फको प्रतिस्पर्धामा एलिसा खतिवडाले प्रथम स्थान हासिल गरिन् भने विश्रुति दाहाल र किस्मत सापकोटा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। पुजना श्रेष्ठ र आशिषसिंह राजपुतले सान्त्वना पुरस्कार प्राप्त गरे।

त्यस्तै, अंग्रेजी भाषातर्फको प्रतिस्पर्धामा मेनुकादेवी दाहाल प्रथम भइन् भने निधि झा दोस्रो र ट्रिजा राई तेस्रो भए। आशिका श्रेष्ठ र अंकित छागानीले सान्त्वना पुरस्कार हात पारे।

नेपाली भाषातर्फको निर्णायकको रूपमा कवि तथा पत्रकार मीनकुमार नवोदित र अंग्रेजी भाषातर्फको निर्णायकमा महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक नरेश पौडेल रहेका थिए।

विजेता विद्यार्थीहरूलाई कलेजका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष डा. पीके झा, प्रिन्सिपल लक्ष्मण ढकाल, हिसानका केन्द्रीय उपाध्यक्ष एवं कलेजका निर्देशक भेषराज पोखरेल, डा. मनोज गुप्ता, प्रदीप भगत, नन्दकिशोर अग्रवाल, निर्णायकद्वय मीनकुमार नवोदित र नरेश पौडेलले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

कार्यक्रममा कलेजका उपाध्यक्ष झा, प्रिन्सिपल ढकाल, निर्देशक पोखरेल र निर्णायक नवोदितले पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई अब्बल बन्ने प्रेरणा प्रदान गरे।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]