नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने माग, सुजता कोइरालाको धारणा

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, भाद्र १५, २०८१

बिराटनगर/नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले नेपाललाई पुनः हिन्दू राष्ट्रको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी छिन्। आज बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले धर्मनिरपेक्षताको कारण देशमा धार्मिक, सांस्कृतिक, र सामाजिक विग्रह उत्पन्न भएको तर्क गर्दै, नेपाललाई हिन्दू राष्ट्रको रूपमा पुनःस्थापित गर्नुपर्ने आवश्यकता औंल्याइन्।

 

कोइरालाले हिन्दू धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको भन्दै धर्मको सवालमा कुनै सम्झौता नगर्ने अडान व्यक्त गरिन्। उनले हिन्दू राष्ट्र बनाउने अभियानमा सबै नेपालीलाई जुट्न आह्वान गरिन्।

 

सञ्चारकर्मीहरूसँगको कुराकानीमा सुजता कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा परिवर्तन आवश्यक रहेको पनि बताइन्। हालको नेतृत्वले पार्टीलाई बलियो बनाउन नसकेको आरोप लगाउँदै, उनले १५ औं महाधिवेशनमा डाक्टर शेखर कोइरालालाई पार्टी सभापति बनाउन सबै कांग्रेसजन एक जुट हुनुपर्ने धारणा राखिन्।

 

कोइरालाले कांग्रेसको आन्तरिक एकता र सुदृढीकरणका लागि सबै नेताहरूले एकसाथ मिलेर काम गर्नुपर्ने समय आएको पनि औंल्याइन्। उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गर्दै सबै नेताहरूबीच सहमति र समझदारीको खाँचो रहेको बताइन्।

 

उनको विचारमा, नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक पहिचान र सिद्धान्तलाई संरक्षण गर्दै, नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिनु आवश्यक छ। साथै, पार्टीले युवाहरूको नेतृत्वलाई अघि बढाएर मात्र आगामी चुनौतीहरू सामना गर्न सक्ने उनको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]