मुख्यमन्त्री कार्कीको भनाइ: “विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नु पर्ने”

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, भाद्र १५, २०८१

विराटनगर/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्दै समयमै काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले शनिबार सुनसरीको धरानमा इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको उद्घाटन समारोहमा आफ्नो धारणा व्यक्त गर्नुभयो।

मुख्यमन्त्री कार्कीले विभिन्न बहानामा विकास निर्माणमा हुने ढिलासुस्तीप्रति चिन्ता व्यक्त गर्दै, अबदेखि यस्ता समस्या अन्त्य गर्न प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। उहाँले उदाहरण दिँदै भन्नुभयो, “७०० दिनमा बन्नु पर्ने भवन बनाउन २१०० दिन लागेको छ। यसरी विकास हुँदैन, आजबाटै सुधार गर्नुपर्छ। यो देशभरकै अवस्था हो।”

फरक प्रसंगमा, मुख्यमन्त्री कार्कीले धरानको संवृद्धि र विकासका लागि धर्म, जाति, सम्प्रदाय सबै कुरालाई छोडेर “म धराने नेपाली हुँ” भन्ने सोचले अघि बढ्न आग्रह गर्नुभयो। धरानले आफ्नो पुरानो प्रतिष्ठा गुमाउँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै पक्षलाई मिलेर काम गर्न आह्वान गर्नुभयो।

उहाँले हालका वर्षहरूमा बसाइँसराइको प्रवृत्ति बढेकोमा असन्तोष व्यक्त गर्दै, त्यसलाई रोक्न आफूले सक्दो सहयोग गर्ने प्रतिज्ञा गर्नुभयो। साथै, धरानलाई खेलकुद र शिक्षाको केन्द्रका रूपमा विकास गर्ने ठूलो सम्भावना रहेको भन्दै प्रदेश सरकारले धरानको विकासमा सधैं सहयोग गर्न तयार रहेको बताउनुभयो।

उक्त हिरासत भवन, मुख्यमन्त्री कार्की आन्तरिक मामिला तथा कानून मन्त्री हुँदा शिलान्यास गरिएको थियो। भवन निर्माण संघीय सरकार, प्रदेश सरकार, धरान उपमहानगरपालिका, र जनस्तरबाट संकलित सहयोगको सहकार्यमा सम्पन्न गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]