देवानगञ्जमा १५ सय मानिसको सनातन धर्ममा पुनः स्वागत, ग्राम शुद्धिकरण महायज्ञ सम्पन्न

Logo
सरिता कर्मकार प्रकाशित आइतबार, भाद्र १६, २०८१

सुनसरी, देवानगञ्ज /विश्व हिन्दु परिषद नेपालले शनिबार सुनसरीको देवानगञ्जमा एक विशेष कार्यक्रम आयोजना गर्दै हिन्दू सनातन धर्म छोडेका र विभाजित भएकाहरूलाई पुनः सनातन धर्ममा स्वागत गरेको छ। “ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी)” नामक उक्त कार्यक्रममा झण्डै १५ सय मानिसहरूलाई पुष्प र अक्षता छर्केर स्वागत गरिएको थियो। कार्यक्रम श्रीकृष्ण मावि छेउको मैदानमा सम्पन्न भएको थियो।

उक्त महायज्ञमा संघीय सांसद किरण साह, कोशी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली, स्कोन विराटनगरका प्रमुख भानुभक्त जोशी लगायत विभिन्न राजनैतिक र धार्मिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले हिन्दू धर्म र संस्कृतिको संरक्षणमा जोड दिएका थिए।

संघीय सांसद किरण साहले धार्मिक एकता र सनातन धर्मको संरक्षणको महत्त्वमा प्रकाश पार्दै धर्म परिवर्तनको क्रियाकलापमा निगरानी गर्न आग्रह गरे। यस्तै, प्रदेश सभा सदस्य भीम पराजुलीले बाह्य दबाब र प्रभावले सनातन धर्ममाथि परेको ह्रासप्रति चिन्ता व्यक्त गरे।

कार्यक्रममा विश्व हिन्दु परिषद नेपाल कोशीका अध्यक्ष देवेन्द्र गुप्ताले हिन्दू धर्मको संरक्षणका लागि महायज्ञ आयोजना गरेको जानकारी दिए। हिन्दु स्वयंसेवक संघ नेपालका सहसचिव महेन्द्र साहले पनि अन्य गाउँहरूमा समेत यस्ता महायज्ञहरू गर्ने योजना रहेको बताए।

कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता विश्व हिन्दू परिषद नेपाल, देवानगञ्जका अध्यक्ष समर किशोर मेहताले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]