नेपाल-भारत मैत्री अभियान: सीमापार वृक्षारोपणले सांस्कृतिक र पर्यावरणीय सम्बन्धलाई प्रोत्साहन

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, भाद्र १७, २०८१

बिराटनगर /नेपाल सोनार समाज फाउन्डेसन, भारत नेपाल मैत्री पर्यावरण संरक्षण अभियान र जनकपुरधाम वन प्राविधिक समाजको सँयुक्त आयोजनामा सीमापार वृक्षारोपण गरी भारतको बिहार राज्यमा एक महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

यस अभियानले न केवल धार्मिक स्थलहरूको संरक्षणमा योगदान पुर्याउनु का साथै दुई देशबीचको सांस्कृतिक र पर्यावरणीय सम्बन्धलाई अझ बलियो बनाउने महत्त्वपूर्ण भुमिकामा खेलेको छ ।

जनकपुरधाम वन प्राविधिक समाज र आसियान इन्टरनेशनल जर्नलिस्ट काउन्सिलको सहकार्यमा सम्पन्न यो अभियान बिहारको अररिया र सुपौल जिल्लाका विभिन्न धार्मिक स्थलहरूमा आयोजित भएको हो। एकै दिनमा १० वटा महत्त्वपूर्ण धार्मिक स्थलहरूमा शिवलिङ्ग र रुद्राक्षका बिरुवाहरू रोपिएको छ। यी बिरुवाहरू हिन्दू धर्ममा विशेष धार्मिक र पर्यावरणीय महत्त्व राख्छन्।

वृक्षारोपण गरिएका स्थानहरूमा सशस्त्र सीमा बल रानी जोगवनी नाका, जोगवनीको शिव मन्दिर, गान्धी मैदानको दुर्गा मन्दिर, गायत्री मन्दिर, चैती दुर्गा मन्दिर, तिलेश्वर महादेव मन्दिर, सुखपुर दुर्गा मन्दिर, सुनसरीको बराहक्षेत्र , चतरा धाम र विष्णु मन्दिर गणपत गंज रहेका छन्।

नेपाल सोनार समाज फाउन्डेसनका अध्यक्ष महेश साह स्वर्णकर र जनकपुरधाम वन प्राविधिक समाजका प्रमुख सुरेश शर्मा र नेपाल भारत सामाजिक संस्कृतिक मँचका अध्यक्ष राजेश शर्माले यस कार्यक्रमको नेतृत्व गरेका थिए। स्थानीय मठाधीश र पीठाधीशहरूले यस पहलको स्वागत गर्दै यस कार्यक्रमलाई महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

शिवलिङ्ग र रुद्राक्षका बिरुवाहरूको धार्मिक र पर्यावरणीय महत्त्वलाई उजागर गर्दै, यस कार्यक्रमले धार्मिक परम्पराको संरक्षण गर्नुका साथै वातावरणीय सन्तुलनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। शिवलिङ्गको बिरुवा हिन्दू धर्ममा भगवान शिवको प्रतीकको रूपमा पूजनीय छ भने रुद्राक्षलाई भगवान शिवको आँसुबाट उत्पन्न भएको मानिन्छ। यी बिरुवाहरूले जैविक विविधता र औषधीय गुणहरूको माध्यमबाट वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।

यस कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्ने विश्वास गरिएको छ। यस्ता अन्तर्राष्ट्रिय सहकार्यहरूले वातावरण संरक्षण र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

समाजका लागि सकारात्मक योगदान गर्ने यस्ता पहलहरूलाई निरन्तरता दिने उद्देश्यसाथ नेपाल सोनार समाज फाउन्डेसनले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]