छात्राले विद्यालयको भवनबाट हाम फालेर आत्महत्या प्रयास गरिन्, घाइते अवस्थामा अस्पतालमा उपचार जारी

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, भाद्र १७, २०८१

विराटनगर/विराटनगर महानगरपालिका वडा नं ३ स्थित पोखरिया माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्राले विद्यालयको भवनबाट हाम फालेर आत्महत्या प्रयास गरेकी छिन्। कक्षा १० मा अध्ययनरत १६ वर्षीय संगिता मुर्मुले आज दिउँसो करिब ३ बजे विद्यालयको दुई तल्ले भवनबाट हाम फाल्दा गम्भीर घाइते भएकी हुन्।

घाइते मुर्मुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। विद्यालयका शिक्षकहरूको भनाइ अनुसार, मानसिक तनावको कारणले उनले यस्तो कदम उठाएकी हुन्।

आज कक्षा १० का विद्यार्थीहरूलाई शिक्षा सम्बन्धी नाटक देखाउन झोराहाट स्थित नाटक घरमा लगिएको थियो। तर, संगिता सहित तीन छात्राहरू विद्यालयमै बसेका थिए। यही क्रममा संगिताले साथी र शिक्षकहरूको आँखा छल्दै विद्यालयको दोस्रो तलाबाट हाम फालेको विद्यालय स्रोतले जनाएको छ।

अहिले उनको अवस्था गम्भीर रहेको र थप उपचार भइरहेको जानकारी प्राप्त भएको छ। विद्यालय प्रशासन र परिवारले उनलाई आवश्यक मनोवैज्ञानिक सहयोग प्रदान गर्नका लागि पहल गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]