हल्दिवारीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमका लागि समझदारी

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित मंगलबार, भाद्र १८, २०८१

हल्दिवारी / समुदाय–प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरी तथा हलिदवारी गाउँपालिका बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” लाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य रुपमा पठनपाठन गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । गाउँपालिकाको अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी., सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उप–अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, हल्दिवाारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), पालिकाका ५ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा–सदस्यहरु, विद्यालयका प्रधानाध्यापकहरु, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मान ब. वन (महेन्द्र) ले स्वागत मन्तव्य राखेका थिए ।प्रहरी चौकी जलथल झापाका प्रमुख प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” को आवश्यकता, औचित्य र विषयवस्तु माथि आफ्नो प्रस्तुतीकरण पेश गरेका थिए ।कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी. र हल्दिवारी गाउँपालिकाको तर्फबाट शिक्षा शाखा प्रमुख जनककुमारी राई तथा हल्दिवारी गाउँपालिकाको सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको तर्फबाट जनजागृति माध्यमिक विद्यालय हल्दिवारी–१ की प्रधानाध्यापक ईन्दिरादेवी कडेल (चुडाल) ले त्रि–पक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेका थिए भने उक्त हस्ताक्षर पत्रको रोहवरमा गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र पालिकाका प्रमुख प्रशासकीय अधिकृत मान ब. वन (महेन्द्र) ले हस्ताक्षर गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]