लुक्ला नेपालद्वारा सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गर्ने दोषीलाई कारबाही गर्न माग

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, भाद्र १८, २०८१

विराटनगर /कानुन विद्यार्थीहरूको संघ लुक्ला नेपालले हालै सार्वजनिक स्थानमा भएको अश्लील क्रियाकलापको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। यस सम्बन्धमा संघले जिल्ला प्रशासन कार्यालय मोरङ्ग र जिल्ला प्रहरी कार्यालय मोरङलाई  ज्ञापन पत्र बुझाएको छ।

लुक्ला नेपालका अध्यक्ष कैशल खुश्वाका अनुसार यस प्रकारका अश्लील क्रियाकलाप र आपत्तिजनक गतिविधिहरूले समाजको नैतिक मूल्य र शान्तिमा खलल पुर्याउने खतरा उत्पन्न गर्न सक्ने उल्लेख गरे। संघले मुलुकी अपराध संहिता २०७४ को दफा १२२, १२३ र १२४ को उल्लंघन भएको भन्दै दोषी विरुद्ध कानुनी कारबाही अगाडि बढाउन जोडदार माग गरेको छ। यी दफाहरूमा सार्वजनिक स्थलहरूमा यौनाङ्ग देखाउने, यौन क्रिया गर्न तथा यौन दुव्र्यवहार गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङ्गका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले यस घटनालाई गम्भीरतापूर्वक लिएको र आवश्यक कारबाहीका कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लुक्ला नेपालले समाजमा अश्लीलता र अनैतिकता बढ्न सक्ने भन्दै यस घटनालाई गम्भीरताका साथ लिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]