राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षको आज एसईई को परीक्षाफल सार्र्वजनिक गर्ने

Logo
ग्रामिण पत्रिका / काठमाडौँ प्रकाशित बिहिबार, आषाढ १३, २०८१

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षको आज एसईई को परीक्षाफल सार्र्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताएको छन । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो तर प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले आज सार्वजनिक गर्न लागेको हो ।

 

गत शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक / फरक रूपमा गर्ने व्यवस्था रहेको छ ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ उहाँले बताए । त्योभन्दा कम ग्रेड आएमा सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । पुन ग्रेड वृद्धि परीक्षा दिनुपर्नेहुन्छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]