दुहवीमा सातौं श्री गणेश चतुर्थी महोत्सव हुँने आकर्षकको रुपमा ६१ केजीको लड्डु

Logo
चन्दन रौनियार / सुनसरी प्रकाशित बुधबार, भाद्र १९, २०८१

दुहबी / सुनसरीको दुहवीमा सातौं श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ ।
दुहवी नगरपालिका वडा नं. ५ स्थित इप्रका दुहबी थाना रोड अगाडिमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि साल भदौ २२ गते देखि २४ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुँने बुधबार पत्रकार सम्मेलन मार्फत पुजा आयोजक समितिका रितेश साह हलुवाईले जानकारी दिएका छन ।

दुहबी नगरपालिका वडा नं. ५ मा विगत वर्ष झै मनाउदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पुजा समिति दुहवीका समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

गणेश पुजा समितिका संस्थापक रहनुभएका राकेश मुन्धडाले यहि भदौ २२ गते शनिबारका दिन पुजा शुभारम्भ तथा प्रसाद ग्रहण हुँने साथै दुइ दिन सम्म बिहान र बेलुकी पुजा आरती र भजन संध्याको कार्यक्रम रहँने बताउनुभयो । मुन्धडाले सो महोत्सवमा आकर्षकको रुपमा ६१ केजीको लड्डु र भारतको झारखण्डको रानि मन्जित कोर साथै कोलकता पिरती सोनि सेठ र नेपालका तिन कलाकार गरी पाच जना ख्याती प्राप्त कलाकारहरुबाट कला प्रस्तुत गर्ने बताउनुभएको छ । साथै लाखे नृत्य समेत हुने जनाएको छ।

दुहवीमा सातौं पटक आयोजना हुन गईहरेको महोत्सवमा आयोजकले ५ देखि १० हजार भक्तजनहरु सहभागि हुने अनुमान गरेको छ । उक्त महोत्सवलाई सफल गराउन महोत्सवलाइ भव्यरुपमा सम्पन्न गर्नकालागि राकेश मुन्दडा, आयुश अग्रवाल ,मोनु साह, रितेश साह,सुरज शाह, अभिषेक शाह, दिपक अग्रवाल ,विशाल हलुवाई,कमलेश मुन्द्रा ,दिपक साह ,अभिषेक साह , रञ्जित गोस्वामी लगायत १०० देखि १५० जना युवा स्वयमसेवकहरुले अहोरात्र खटने बताए ।

उक्त श्री गणेश चतुर्थी महोत्सव भदौमा २४गते सोमबारका दिन दुहवी नगर परिक्रमा गरेर दुहवीको बुढीखोलामा मुर्ती बिर्षजन हुने आयोजकले जनाएको छ । आज भएको पत्रकार सम्मेलनमा इप्रका दुहबीका प्रतिनिधि सोम बहादुर मगराती ,ट्राफिक प्रहरी पोष्ट दुहवीका प्रतिनिधि प्र.स गोपाल दाहाल , दुहवी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश रौनियार , वडा न.५ सदस्य प्रभाकर पौडेल समाजसेवी, विभिन्न मिडियामा आबद्ध पत्रकार साथीहरु लगाउत दुहवीका युवाहरुको सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]