मोरङमा आमाले आफ्नै दुई छोरीलाई विष खुवाएर हत्या गरेको पुष्टि, आरोपी पक्राउ

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, भाद्र १९, २०८१

विराटनगर / मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–७, मालती टोलमा एक आमाले आफ्नै दुई छोरीलाई विष खुवाएर हत्या गरेको पुष्टि भएको छ। २१ वर्षीया अस्मिता पौडेलले आफ्ना ३ वर्षीय अर्पना कार्की र १ वर्षीय आईङ्का कार्कीलाई विष खुवाएर हत्या गरेको स्वीकार गरेकी छिन्।

धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका–५ की अस्मिता हाल मोरङको सुन्दरहरैंचामा बस्दै आएकी थिइन्। बुधबार मोरङ जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अस्मिता पौडेललाई सार्वजनिक गरिएको थियो। अस्मिता पौडेलले श्रीमान् अर्जुन कार्कीले बारम्बार मानसिक यातना दिएर ज्यान मार्ने धम्की दिने गरेकोले छोरीहरूको भविष्यलाई लिएर चिन्तित भई उक्त क्रूर कदम उठाएको बताइन्।

पत्रकार सम्मेलनमा अस्मिता पौडेलले आफूले विष सेवन गरेको र पेट पोल्न थालेपछि दुवै छोरीलाई पनि विष खुवाएको स्वीकार गरिन्। भाद्र १४ गते श्रीमान् अर्जुन कार्की र अस्मिता पौडेलबीच निर्माणाधीन घरमा पानी पटाउने विषयमा विवाद भएपछि अस्मिता आफ्ना दुई छोरीलाई लिएर घरबाट हिँडेकी थिइन्। त्यसपछि उनी सुन्दरहरैंचाको केराबारी बगानमा पुगेपछि छोरीहरूलाई विष खुवाएर हत्या गरिन्। छोरीहरूको मृत्युपछि अस्मिता फरार भएकी थिइन्।

श्रीमान् अर्जुन कार्कीले भाद्र १५ गते अस्मिता पौडेल र दुई छोरी बेपत्ता भएको जानकारी इलाका प्रहरी कार्यालय बेलबारीमा दिएका थिए। प्रहरीले सोही दिन साँझ केराबारी बगानमा दुई छोरीको मृत शरीर फेला पारेको थियो। फरार अस्मिता पौडेललाई मोरङ प्रहरीले झापा प्रहरीको सहयोगमा भाद्र १९ गते बिहान झापाको बिर्तामोडबाट पक्राउ गरेको छ।

मोरङ प्रहरीले अस्मिता पौडेललाई पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। एसपी नवराज कार्कीका अनुसार, अस्मिता पौडेलले विष सेवन गरेको कुरा पनि अनुसन्धानको दायरामा रहेको छ। अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान जारी राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]