नेपालका विद्यार्थी खेलाडीहरु थाईल्याण्डमा हुन गईरहेको इन्डुरेन्स इन्टरनेशनल च्याम्पियनसिप २०२४ मा सहभागी हुने

Logo
सरिता कर्मकार प्रकाशित बुधबार, भाद्र १९, २०८१

विराटनगर / नेपालका पाँच विद्यार्थी खेलाडीहरूले थाईल्याण्डमा आयोजना हुन लागेको इन्डुरेन्स इन्टरनेशनल च्याम्पियनसिप २०२४ मा सहभागीता जनाउने भएका छन्। बिराटनगरस्थित हेरिटेज स्कूल र दिल्ली पब्लिक स्कूलका विद्यार्थीहरूले यो महत्वपूर्ण प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन्।

हेरिटेज स्कूलबाट कुनाल कामत, गोबिन्द गोयल अग्रवाल, र युरिसा पोखरेलले स्केटिङ प्रतियोगितामा सहभागीता जनाउनेछन् भने दिल्ली पब्लिक स्कूलबाट आध्या शर्मा र इशाना शर्माले पनि नेपालका लागि प्रतिस्पर्धा गर्नेछन्।

यो च्याम्पियनसिप आगामी सेप्टेम्बर १८ देखि २३ सम्म थाईल्याण्डमा सम्पन्न हुनेछ। प्रतियोगितामा नेपाल सहित १२ देशका खेलाडीहरूको सहभागिता रहनेछ, जसमा भारत, केन्या, श्रीलंका, थाईल्याण्ड, माल्दिभ्स, बङ्लादेश, इन्डोनेसिया, इजिप्ट, युएई, फिलिपिन्स र रावाण्डाका खेलाडीहरू रहेका छन्।

मोरङ जिल्ला स्केटिङ्ग एशोसिएसनका अध्यक्ष सुरज कामतका अनुसार, नेपाली खेलाडीहरूले प्रतियोगितामा जित हासिल गर्नका लागि सम्पूर्ण तयारी गरिसकेका छन्। उनले ६ देखि ७ वटा सम्म गोल्डेन मेडल जितेर ल्याउने विश्वास व्यक्त गरेका छन्।

नेपालको प्रतिनिधित्व गर्दै यी विद्यार्थीहरूले देशको नाम उज्ज्वल पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]