नेपाल अग्रवाल युवा मञ्च, विराटनगरद्वारा ३२औं स्थापना दिवस विशेष कार्यक्रम सम्पन्न

Logo
सरिता कर्मकार प्रकाशित बुधबार, भाद्र १९, २०८१

विराटनगर/ नेपाल अग्रवाल युवा मञ्च, विराटनगरले आफ्नो ३२औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी समाजसेवामा नयाँ आयाम थपेको छ। पहिलो चरणमा पूर्वाञ्चल बाल आश्रमका अनाथ विद्यार्थीहरूका लागि चलचित्र प्रदर्शन कार्यक्रमको आयोजना गरी मञ्चले आफ्नो कार्यक्रमको शुभारम्भ गरेको हो।

 

बाल आश्रमका विद्यार्थीहरूलाई मनोरंजनका साथसाथै बाहिरी दुनिया सँग परिचय गराउने उद्देश्यले आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा अत्यन्तै खुसी र उत्साहको वातावरण सिर्जना गरेको थियो। कार्यक्रम संयोजक श्री विशाल अग्रवाल र श्री रोहित अग्रवालका अनुसार, बाल आश्रमका बच्चाहरूलाई बाहिरी दुनियाँसँग परिचय गराउनु नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो।

कार्यक्रमपछि बालबालिकाहरूलाई सिनेमा प्रदर्शनसंगै खाजाको पनि व्यवस्था गरिएको थियो। यसले बालबालिकाको मनोरंजनसँगै उनीहरूको खुशीको संवाहक बन्ने उद्देश्य राखेको थियो।

नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष श्री चेतन अग्रवालले मञ्चको तर्फबाट सामाजिक, शैक्षिक, खेलकुद र मनोरंजनका क्षेत्रमा आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। मञ्चको यस कार्यकालमा यो तेस्रो प्रमुख कार्यक्रम रहेको अध्यक्ष अग्रवालले जानकारी दिए।

यस विशेष कार्यक्रमले नेपाल अग्रवाल युवा मञ्चको समाजप्रतिको समर्पणलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]