राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यालयले एसईई को नतिजा सार्वजनिक

Logo
ग्रामिण पत्रिका / काठमाडौँ प्रकाशित बिहिबार, आषाढ १३, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । उत्त नतिजा सार्वजनिक गरे अनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट , एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । जारी गरीएको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने , स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा , जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा , इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन् ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यालय कक्षा १० राष्ट्रिय परीक्षा बोर्ड , नेपाल टेलिकम , नेपाल टेलिकम , खल्ती , इसेवा , एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा विवरण हेर्न सक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]