तीजको अघिल्लो दिन महिलाहरु दर खाइँदै

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, भाद्र २०, २०८१

विराटनगर/हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तीजको सुरुवात आज दर खाने दिनबाट हुँदैछ। तीजको व्रतको अघिल्लो दिनको रुपमा महिलाहरु दर खाएर व्रतका लागि शारीरिक र मानसिक तयारी गरिरहेका छन्।

तीज पर्व विशेषगरी नेपाली महिलाहरुले मनाउने प्रमुख पर्व हो, जसमा माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरमा मुख्यत: दूधबाट बनेका शुद्ध परिकारहरु खाने गरिन्छ, जसले व्रतका दिन शक्ति प्रदान गर्ने विश्वास छ।

व्रत लिने महिलाहरु भोलि निराहार बस्नुपर्ने भएकाले आज दर खाएर व्रतलाई सफल बनाउनका लागि शरीरमा पर्याप्त ऊर्जा संकलन गर्छन्। आज दर खाएपछि तीज पर्व औपचारिक रुपमा सुरु भएको मानिन्छ र यो पर्व ऋषि पञ्चमीसम्म विविध विधिबाट मनाइन्छ।

तीजको प्रमुख दिन हरितालिका तृतीयामा व्रत बसिन्छ भने चौथीका दिन गणेशको पूजा गरिन्छ। अन्तिम दिन, पञ्चमीमा अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज पर्व समापन गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]