विराटनगरमा परिवर्तनशिल समाजद्वारा हरितालिका तीज मनाइयो

Logo
सरिता कर्मकार प्रकाशित बिहिबार, भाद्र २०, २०८१

विराटनगर/ परिवर्तनशिल समाज मोरङले बिहीबार विराटनगरमा हरितालिका तीज धूमधामका साथ मनाएको छ। विराटनगर वडा नं. १२ स्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पस अगाडि रहेको परिवर्तनशिल समाजको कार्यालयमा नाचगान र सांस्कृतिक कार्यक्रमसहित तीज पर्व मनाइएको हो।

कार्यक्रममा विभिन्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो। १०० भन्दा बढी समुदायका व्यक्तिहरूले रंगीचंगी पहिरनमा सजिएर तीजको उल्लास मनाएका थिए। कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको समेत उपस्थिति रहेको थियो।

समाजले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई सहज उपचार सेवा उपलब्ध गराउन कोशी अञ्चल अस्पताल लगायतका अन्य अस्पतालहरुसँग समन्वय गरिरहेको जानकारी कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले दिइन्। परिवर्तनशिल समाजमा १७ जना कर्मचारी र ११ जना बोर्ड सदस्य रहेको जानकारी समेत दिइएको छ।

नेपाली हिन्दू महिलाहरूले तीजको अवसरमा दर खाने र भोलीपल्ट निराहार व्रत बस्ने चलन अनुसार सहभागीहरूले रातो सारीमा बेहुली झैं सजिएर तीजको रमाइलो गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]