मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न 

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, भाद्र २०, २०८१

विराटनगर / विराटनगर महानगरपालिका वडा नम्बर १० को आयोजनामा मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न भएको छ ।

मानव बेचबिखनविरुद्धको अठारौं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर वडा कार्यालयले विद्यार्थी बालबालिकाहरूसित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । ‘तीनै तहको सरकारको प्रतिबद्धता मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ नाराका साथ आयोजित कार्यक्रममा वडाध्यक्ष अर्जुन गिरीले मानव बेचबिखन विश्वमै चुनौतीका रुपमा देखा परिरहेको बताउनुभयो । उहाँले नेपालमा पछिल्लो समय मानव बेचबिखनका घटना बढ्दै गएको बताउनुभयो । गरिबी, बेरोजगारी समस्या, पारिवारिक कलहलगायतका कारण मानव बेचबिखन बढेको उहाँको निष्कर्ष थियो । मानव तस्करहरूले विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन गरिरहेको उहाँले बताउनुभयो ।

सो अवसरमा फरेन नेपालका सचिव अधिकारकर्मी खिला निरौलाले मानव बेचबिखनविरुद्ध विद्यार्थी तथा बालबालिकाहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो । छिट्टै प्रलोभनमा पर्ने भएका कारण बढी मात्रामा बालबालिकाहरू मानव बेचबिखनको शिकार हुने गरेको उहाँको भनाइ थियो ।

बेचबिखनबाट जोगिन सचेत हुनुपर्नेमा निरौलाको जोड थियो । वडासचिव चन्द्रानन्द यादवले यस्ता कार्यक्रमले बालबालिकाहरूमा जनचेतना जागृत भई बेचबिखनबाट जोगिने दाबी गर्नुभयो । उहाँले दिवसका दिन मात्रै नभएर अन्य समयमा पनि विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]