मोरङमा ‘शून्य खनजोत’ प्रविधिबाट मकै खेतीको परीक्षण शुरु

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, भाद्र २०, २०८१

विराटनगर/मोरङमा परम्परागत मकै खेतीको खनजोत प्रविधिलाई विस्थापित गर्दै नयाँ प्रविधिको परीक्षण सुरु भएको छ। जीवन विकास समाजले भारतको पश्चिम बंगालबाट ल्याएको ‘शून्य खनजोत’ प्रविधिबाट मकै खेतीको परीक्षण सुरु गरेको हो।

यस प्रविधिअन्तर्गत धानबाली उठाइसकेपछि खेत जोतेर मकै रोप्नुको सट्टा, सिधै धानको गाँजमा मकै रोपिन्छ। यसले खेतीको लागत कम गर्ने र उत्पादन बढाउने अपेक्षा गरिएको छ। मोरङका विभिन्न पालिकामा यो प्रविधिको व्यापक परीक्षण गरिनेछ।

नयाँ प्रविधिलाई प्रभावकारी बनाउन जीवन विकास समाजले कृषकहरूलाई दुई दिने तालिम प्रदान गरेको छ। भारतबाट आएका विज्ञहरूले नेपाली कृषकहरूलाई यस प्रविधिको बारेमा प्रशिक्षण दिएका छन्।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले शून्य खनजोत प्रविधि प्रयोग गर्दा लागत कम र उत्पादन बढी हुने बताए। उनले भने, “नयाँ प्रविधिका कारण यो प्रभावकारी हुनसक्छ। शून्य खनजोतको खेती गर्दा लागत एकदमै कम हुन्छ, तर प्रारम्भिक अवस्थामा झारको नियन्त्रण गर्न ध्यान दिनु आवश्यक छ।”

जीवन विकास समाज मुनाफा वितरण नगर्ने कम्पनीका अध्यक्ष अजय कुमार मण्डलले आगामी दिनहरूमा शून्य खनजोत प्रविधिको बिस्तार गर्दै अघि बढ्ने योजनाबारे जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]