यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि स्वास्थ्य सेवा र अन्य सुविधामा विस्तार

Logo
सरिता कर्मकार प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

विराटनगर /परिवर्तनशील समाजकी संयोजक मुस्कान श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई स्वास्थ्य सेवा सहज बनाउन कोशी अञ्चल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूसँग समन्वय गरिरहेको जानकारी दिएकी छन्। बिहीबार आयोजित तीज मिलन कार्यक्रममा उनले यस समुदायका व्यक्तिहरूले भोगिरहेका समस्याहरूका साथै हालसम्म सुधार भइरहेको विषयमा समेत जानकारी दिइन्। श्रेष्ठका अनुसार, उपचार सेवामा पहिलेको तुलनामा अहिले धेरै सहजता आएको छ।

श्रेष्ठले भने अनुसार, यस समुदायका सदस्यहरूलाई शिप मूलक कार्यक्रमहरूमा सहभागी गराएर आर्थिक सहयोग र अनुदानको व्यवस्था पनि गरिएको छ। यसले उनीहरूको जीवनस्तर सुधारमा टेवा पुगेको छ।

 

कार्यक्रममा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको उपस्थिति रहेको थियो। श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई एचआईभी/एड्स, किड्नी, लिभर लगायतका स्वास्थ्य समस्याहरूको परीक्षणका लागि कोशी अञ्चल अस्पतालसँग समन्वय गर्दै उपचार सेवाहरू उपलब्ध गराइरहेकी छन्। पछिल्लो १८ महिनामा यौन रोग पहिचान सम्बन्धी जानकारी मोरङ केस म्यानेजर हिमाल चन्द्र लावतीले दिएका थिए।

परिवर्तनशील समाजमा हाल १७ जना कर्मचारी र ११ जना बोर्ड सदस्य कार्यरत छन्। यो संस्था ईएसआडीको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ। समाजले आफ्नो कार्यालयभित्र क्लिनिकको व्यवस्था समेत गरेको छ, जसले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

कार्यक्रममा १०० भन्दा बढी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले रंगीचंगी पहिरनमा सजिएर तीज पर्व मनाएका थिए। सहभागीहरूले नेपाली हिन्दू महिलाहरूको तीज परम्पराअनुसार दर खाएर रातभर तीज पर्वको उल्लासपूर्ण वातावरणमा नाचगान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]