राजारामबापु प्रविधि संस्थानले विराटनगरमा नेपाली स्नातकलाई सम्मान गर्दै प्रमाणपत्र वितरण

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

विराटनगर/ भारतको महाराष्ट्रमा अवस्थित प्रतिष्ठित राजारामबापु प्रविधि संस्थान (आरआईटी) बाट स्नातक भएका २०२२-२३ ब्याचका नेपाली विद्यार्थीहरूलाई विराटनगरमा आयोजित विशेष समारोहमा प्रमाणपत्र वितरण गरिएको छ। बिराटनगरको बिग होटलमा आयोजना गरिएको यो कार्यक्रममा ७ जना नेपाली विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरियो।

 

समारोहका प्रमुख अतिथिहरूमा आरआईटीकी रजिष्ट्रार सारिका दुष्यन्त पाटिल, सहायक प्रबन्धक (अन्तर्राष्ट्रिय मामिला) रवि प्रताप सिंह, र टीपीओ अमेय प्रदीप गौरवादकर रहेका थिए। अतिथिहरूले विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रेरणादायी सन्देश दिएका थिए। पाटिलले आफ्नो करियरमा परिश्रम र जिम्मेवारीको महत्त्वलाई जोड दिँदै, सफलताको मार्गमा दृढता आवश्यक रहेको बताइन्। त्यस्तै, सिंहले अन्तर्राष्ट्रिय अवसरहरूको महत्त्वलाई उजागर गर्दै, विश्वव्यापी प्रतिस्पर्धामा अघि बढ्न विद्यार्थीहरूलाई तयार रहन आग्रह गरे। अमेय प्रदीपले संस्थानले उपलब्ध गराउने स्रोत र सहयोगबारे जानकारी दिदैं करियर निर्माणमा संस्थानको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट पारे।

 

आर आईटीले नेपाल, भारत, बंगलादेश, भुटान, र दक्षिण अफ्रिका लगायत विभिन्न देशका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। नेपालका विद्यार्थीहरूले समेत आरआईटीमा अध्ययन गर्दै उत्कृष्ट अनुभव प्राप्त गरेको बताइएको छ।

 

कार्यक्रममा आर आईटीका नेपाल प्रवेश प्रमुख **विक्रम छेत्री**ले आर आईटीमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले विराटनगरको महेन्द्र चोकमा रहेको नेपाल स्टडी सेन्टर सँग सम्पर्क गर्न सक्ने जानकारी दिए।

 

समारोहको मुख्य उद्देश्य स्नातकहरूलाई रोजगारी बजारमा प्रवेश गर्न सहयोग पुर्याउनु र उनीहरूको करियरलाई सबल बनाउन सघाउनु रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]