

विराटनगर / तपाईँ विहान पत्रिका पढ्नुहुन्छ । हरेक राति करिब ३ र ४ बजे तिर पत्रिका वितरण गरिरहेको विहान मोर्निङ वाक गर्ने बेला तपाईँहरु पत्रिका वितरण गर्ने हेर्नुहुन्छ होल । तपाईँको घरमा खबर चाँडै पुगोस भनि विहान पत्रिका वितरण गर्ने मान्छेको ठुलो भुमिका रहेको हु्न्छन् । जस्तोसुकै हावाहुरि, वर्षा, चट्याङ खसेपनि पत्रिका वितरण गर्नै पर्ने सबै समस्या समाधान गर्दै प्रत्येक घरमा समयमा पत्रिका पुगने गरि काम गरिएको हुन्छन् । हाल तत्कालि अवस्थामा सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमको कारणले पत्रिकाको लोेकप्रियता क्रमश घटदै गएको देखिन्छन् ।
विराटनगर लगायत अन्य क्षेत्रमा पनि पत्रिका वितरण यसैगरि हुन्छन् । विराटनगरको सडकमा साइकल लिएर घर घर पत्रिका पठाउने पत्रिका वितरण गर्ने नेपालि जनताको कथा आज यस ग्रामीण पत्रिका डटकममा एक वितरकको जिवनी यस्तो छ ।हो तेस्तै विराटनगर महानगरपालिका वर्डा नम्बर ८ का ४३ वर्षिया बलराम सरकार विहान करिब ४ बजे उठि साइकल लिई विराटनगरको सडकमा पत्रिका वितरण गरिरहेको आज सोह््र वर्ष भयो । वि.स २०६५ साल देखि यस पत्रिका वितरक पैशामा लागेको आज झण्डै सोह््र वर्ष भएको हो ।
र वि.स २०६३ साल देखि विराटनगरको देवकोटा चौकमा पान पसल र सुध पिउने पानि निःशूल्क वितरण गर्दै आएका बलराम सरकार हुन् । करिब दुई वर्ष देखि पानि वितरण गर्दै आएका उनि हाल देवकोटा पस्तकालयको कार्यालय सहयोगी पनि रहेका छन् । सरकारको परिवारमा ४ सदस्य रहेको छ । जसमध्य उनको श्रीमति सुलोचना सरकार र एक छोरा विवेक वर्ष ८ र छोरि पुर्निमा वर्ष १० का हुन् ।
उनि भनुहुन्छ “वर्षा र हावाहुरीमा एकदमै कठिनाई हुन्छन् पत्रिका भिजने, पत्रिका समयमा नपुगने हो भने पत्रिका साउले नराम्रो भने जस्ता कुराको डर हुन्छन््, पत्रिका वितरण गरिसकेपछि फेरि आफनो काम तिर समयमा पुगने र छोरा छोरिलाई स्कुल लानुपर्ने जस्ता समस्याहरु उनि बताउदै अहिले देशको आर्थिक अवस्था कमजोर भएको कारणले पनि पत्रिकाको काम पनि क्रमश घटदै गएको दुखेसो उनले सुनाउनु भयो ”