विराटनगरमा विद्यालय नाटक महोत्सवको चौथो संस्करण सुरु

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, भाद्र २२, २०८१

विराटनगर/ विराटनगरको आरोहण गुरुकुलमा विद्यालय नाटक महोत्सवको चौथो संस्करण सुरु भएको छ। आज विप्लव ढकालको लेखन तथा सविन भट्टराईको निर्देशनमा तयार भएको ‘नीलाम्बरको आकाशयुद्ध’ नाटक मञ्चनसँगै महोत्सवको उद्घाटन भयो। यस नाटकमा गुरुकुलका कलाकाहरूले उत्कृष्ट अभिनय प्रस्तुत गरेका थिए।

 

महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी र रंगेलीका १० वटा विद्यालय सहभागी छन्। महोत्सवका संयोजक दिपेश भण्डारीका अनुसार भोलि आइतबार विराटनगरको ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले योशिको उचिदाको कथामा आधारित ‘बुद्धिमानी आमा’ नाटक मञ्चन गर्नेछ। मनिषा राजवंशीको निर्देशनमा तयार हुने यस नाटकको सहजीकरण लकेश दंगालले गर्नेछन्।

 

महोत्सव भदौ ३१ गतेसम्म चल्नेछ र हरेक दिन दिउँसो २ बजे नयाँ नाटक मञ्चन गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]