विराटनगरको प्रतिष्ठित परास अस्पतालले फिजियोथेरापी सेवामा वृद्धि गर्दै

Logo
सरिता कर्मकार प्रकाशित आइतबार, भाद्र २३, २०८१

विराटनगर/ विराटनगरको प्रतिष्ठित परास अस्पतालले बिरामीहरूको समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ। जनरल सर्जरी, स्त्री रोग, अर्थोपेडिक्स, बालरोग, ईएनटी, दन्त चिकित्सा लगायतका सेवाहरूका लागि प्रसिद्ध परास अस्पतालले फिजियोथेरापीलाई आफ्नो प्रमुख सेवाको रूपमा अगाडि सारेको छ।

अस्पतालले हालै आफ्नो फिजियोथेरापी सेवामा थप ध्यान दिन थालेको छ। फिजियोथेरापी विशेषज्ञ डा. रक्षा पोखरेलको नेतृत्वमा यो सेवा बिरामीहरूको शारीरिक पुनर्स्थापनामा विशेष योगदान गरिरहेको छ। डा. पोखरेलको अनुभव र दक्षताले बिरामीहरूलाई विभिन्न शारीरिक समस्याहरूबाट मुक्ति पाउन मद्दत पुर्‍याउँदै आएको छ।

आधुनिक जीवनशैली, प्रदूषण र अस्वस्थ खानपानका कारण धेरै मानिसहरू शारीरिक समस्याबाट ग्रसित भइरहेका छन्। यस्ता अवस्थामा फिजियोथेरापी दुखाइ कम गर्न, गतिशीलता बढाउन र शारीरिक क्षमता सुधार गर्न प्रभावकारी सावित भएको छ।

फिजियोथेरापीले शल्यक्रियापछि मात्र नभई स्ट्रोक, अर्थराइटिस, मुटुरोग, क्यान्सर जस्ता गम्भीर रोगहरूको उपचारमा समेत सहयोग पुर्‍याउँछ। यस सेवा मार्फत बिरामीहरूलाई घरमै बसेर पनि गुणस्तरीय उपचारको सुविधा प्रदान गरिएको छ।

परास अस्पतालको यस प्रयासले बिरामीहरूको शीघ्र पुनर्लाभमा ठूलो भूमिका खेलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]