विराट मोरङ पब्लिक एकेडेमीमा बाल अधिकार, सडक सुरक्षा, र वातावरण सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, भाद्र २३, २०८१

विराटनगर / विराटनगर महानगरपालिका वडा नं. १८ मा अवस्थित विराट मोरङ पब्लिक एकेडेमी बोर्डिङ स्कुलको प्राङ्गणमा अस्थायी प्रहरी पोष्ट भेडियारी मोरङको आयोजनामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको उद्देश्य बालबालिकाको अधिकार, सडक प्रयोग, र वातावरण सरसफाइ सम्बन्धि चेतना जगाउनु थियो।

 

कार्यक्रममा प्रहरी सहायक निरीक्षक पुण्य प्रसाद धमलाको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट भेडियारीको टोलीले “विद्यार्थीको साथमा प्रहरी” अभियान अन्तर्गत छात्र, छात्रा, शिक्षक, शिक्षिका लगायत १५० जनालाई प्रशिक्षण दिएको थियो। कार्यक्रम बिहान १० बजे सुरु भई ११ बजे समापन गरिएको थियो।

 

यस अवसरमा सहभागीहरुले प्रहरीबाट बाल अधिकार र सुरक्षा सम्बन्धि महत्वपूर्ण जानकारी हासिल गरेका थिए। साथै, सडक सुरक्षा र वातावरण सरसफाईको महत्त्वका बारेमा पनि व्यापक छलफल भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]