समाजवादी पार्टीको तेस्रो वार्षिक उत्सव

Logo
राजेश कुमार राजवंशी / विराटनगर प्रकाशित बिहिबार, आषाढ १३, २०८१

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी समाजवादीले तेस्रो वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएका छन । नेपाल कम्युनिष्ट पार्टी देश भरी आत्मनिर्भर राष्ट्रिय अर्थनीति -जिन्दावाद, उत्पादनमा राष्ट्रवाद, उपभोक्तामा राष्ट्रियता मूल नाराको साथ देशभरी कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी सचिवालय सदस्य तथा कोशी प्रदेश इन्चार्ज कार्यक्रमको प्रमुख अतिथि शुशील राजवंशीले बोल्दै पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुनेछ । व्यापक रुपमा अभ्यास गरिएको सर्वहारा जनवादको जगमा वैचारिक केन्द्रीयता, वैचारिक केन्द्रीयताको आधारमा संगठनात्मक एकता र संगठनात्मक नियमहरूको पालना गर्नु जनवादी केन्द्रीयताको मूल मर्म हुनेछ ।

जनवादी मान्यतामा आधारित संगठनको मातहतमा व्यक्ति रहने, कमिटीमा व्यापक छलफलको आधारमा निर्मित बहुमतको मातहतमा अल्पमत रहने, माथिल्लो कमिटीको मातहतमा तल्ला कमिटीहरू रहने, सि‌ङ्गो पार्टी केन्द्रीय समितिको मातहतमा रहने र केन्द्रीय समिति र राष्ट्रिय परिषद महाधिवेशनको मातहतमा रहने संगठनात्मक पद्धतिको पालना गर्नेछ। जसअनुसार निम्न पद्धतिहरू अवलम्बन गरिनेछ छलफल एवं विचार अभिव्यक्तिको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको नीति अवलम्बन गरिनेछ ।

काम-कारबाहीमा एकरूपताको नीतिको अवलम्बन हुने स्थितिमा कार्यनीति कार्यान्वयनको चरणका विषयहरू बाहेक दर्शन, विचारधारा, सिद्धान्त र राजनीतिसँग सम्बन्धित विषयहरूमा मतभेद रहेमा र ती मतभेदहरूलाई सम्बन्धित सदस्यहरूले सार्वजनिक छलफल गर्न चाहेमा पार्टी केन्द्रमा दर्ज गरी सार्वजनिक बहसमा समेत लैजान सक्नेछ बताउनु भयो ।

वार्षिक उत्सवमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रमेश साहले हाम्रो पार्टी दुई वर्ष पारगरि तेस्रो वर्षमा प्रवेश गरेको छ। यो पार्टीलाई कोसी प्रदेशमा साङठनिक हिसावले तिव्ररुपमा अगाडी वढाउने वताउनु भयो । महिला विभागको तर्फ वाट बोल्दै कला देवी राजवंशीले हामी आउदो चुनावमा कम्तीमा यो प्रत्यक्ष र समानुपातीबाट महिलाको नेतृत्वमा सांसद हुनु पर्छ जोड दिने वताउनु भयो।तेस्रो वार्षिक उत्सव कार्यक्रम विराटनगर महानगरपालिका वडा नं. ८ गणेश सामुदायिक भवनमा नेपाल कम्युनिटीका समाजवादिका केन्द्रीय सदस्य सुनिता कुमारी राजवंशीको अध्यक्षता वार्षिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]